षडानन्द अधिकारीको १८१ औ जन्मजयन्ती भव्य रूपमा सम्पन्न


 


sadananda 4सुदीप अधिकारी

काठमाडौं, पुस २

आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १८१ औ जन्मजयन्ती काठमाडौमा बिभिन्न ब्यक्ती तथा संस्थालाई पुरस्क्रित गरेर मनाईएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रमका प्रमुख अतिथी काठमाडौ विश्वबिद्यालयका संस्थापक प्राध्यापक डा शुरेश राज शर्माले षडानन्दको तस्बिरमा माल्यार्पण गरी जन्मजयन्ती समारोहको समुद्घाटन गरेका थिए।

sadananda 2कार्यक्रमका बिशेष अतिथी संस्कृतिबिद डा जगमान गुरुङ रहेका थिए। आबाल ब्रह्मचारी षडानन्द प्रतिस्ठान काठमाडौद्वारा आयोजित कार्यक्रममा २०७२ सालको षडानन्द राष्ट्रिय पुरस्कार बि सं १९३२ मा स्थापित षडानन्द उच्च माध्यमिक बिद्यालय दिङ्ला, भोजपुरलाई प्रदान गरियो भने डण्डपाणि युवा कुमारी चापागाइं स्‍मृति षडानन्द पुरस्कार बिराटनगर निवासी साहित्यकार दधिराज सुबेदीलाई प्रदान गरिएकाे थियाे

सुवेदीले पूर्वान्चलको बिराटनगरमा बसेर नेपाली साहित्यको लेखन, सम्पादन र प्रकाशनको काम गरी बिशीष्ठ योगदान पुर्याएबापत पुरस्कार प्रदान गरिएकाे हाे । यस्तै षडानन्द उत्कृष्ट बिद्यालय पुरस्कार कुलुङ, भोजपुरस्थित बिरेन्द्र उच्च माध्यमिक बिद्यालयलाई प्रदान गरियो।

sadananda 1२०७१ को एस एल सी मा जिल्लाभरिका सबै सामुदायिक बिद्यालयमध्ये उत्कृष्ट हुन सफल भई यो बर्षको पुरस्कार थाप्न यो बिद्यालय सफल भएको हो भने यसै समारोहमा प्रथम पटक २०७० मा पुरस्कार घोषणा भई माबि संचालन भएको छोटो समयमै उत्कृष्ट बिद्यालय हुन सफल जाल्पा उच्च माध्यमिक बिद्यालय चौकीडाँडा, भोजपुरलाई पनि पुरस्कृत गरियो।

समारोहमा यादव चापागाईं लिखित ” आबाल ब्रह्मचारी षडानन्दको ब्यवस्थापन कुशलता” नामक कृतिको लोकार्पण पनि गरिएको थियो। समारोहमा प्रमुख अतिथिको रुपमा प्राध्यापक डा शुरेश राज शर्माले मन्तब्य ब्यक्त गर्दै हामीले बैज्ञानीक शिक्षा नीती अझै अपनाउन नसकेको उल्लेख गरे।

4एक कक्षामा एक सय जना विद्यार्थी पढ्न थाल्ने कुनै स्कुलको १० कक्षामा पुग्दा ति मध्ये २० जना मात्रै निरन्तर पढिरहेको हुने तर ८० जना पढाई छोडिसकेको हुने हाम्रो शिक्षा नीतिमा ठुलो कमजोरी रहेको कुरा औल्याउदै उनले भने ,” उत्कृष्ट गुरु प्रमुख कुरा हो।” “आधुनिक भवन प्रमुख कुरा हैन।

चौरमा वा रुखको फेदमुनी पढाएपनी केही फरक पर्दैन।” अर्का बक्ता संस्कृतिबिद डा जगमान गुरुङले हामीले आत्मनिर्भर शिक्षा नलीई परनिर्भर शिक्षा लिएकोमा गुनासो गरे।

अहिलेको यस्तो नाकाबन्दिमा पनि स्वदेशमै उत्पादन हुने बस्तुमा पनि जानाजान बढी मुल्य तिरेर काला बजारियालाई अरु कालोबजार गर्न प्रोत्साहन दिने हामी नेपालीको सोच र शिक्षाको बुझाई गलत भएकोमा हामी सुध्रिने मौका अझै रहेको बताउनु भएको थियो। त्रेता युगमा राम त्यतीकै मर्यादा पुरुष नबनेको बिभिन्न उदाहरण उनले सुनाएका थिए ।

प्रतिस्ठानका अध्यक्ष बिष्णु राज कुसमको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। यता षडानन्दकाे जन्मथलाे भाेजपुर दिङ्लामा पनि विभिन्न कार्यक्रम गरेर मनाइएकाे छ ।

प्रकाशित मिति: २ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्