तेह्रथुमको आठराईमा आगलागी हुँदा ६ वर्षीय बच्चाको जलेर मृत्यू


 


तेह्रथुम ६, फागुन
तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आईतवार दिउसो आगलागी हुदा एक वच्चाको ज्यान गएको छ । दुई घर पुर्णरुपमा जलेर नष्ट भएको छ ।

स्थानीय रूद्र खातिको घरमा आगलागी हुदाँ खातिको ६ वर्षका छोरा मौसम खाती पनि जलेर मृत्यु भएको हो । आगलागीबाट करिब रू. ६ लाख ८० हजारको क्षति भएको छ ।

घर नजिक रहेको परालको मतानमा बच्चा खेल्ने क्रममा लाईटर सल्काएको र उक्त मतानमा लागेको आगोले घर समेत जलेको ईलाका प्रहरी कार्यलय आठराईका प्रहरी निरीक्षक राकेशकुमार पोदारले जानकारी दिनुभयो ।

आगो ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारको टोली र स्थानियबासीको सकृयतामा करिब ३ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट घरबारबिहिन बनेका खातीका परिवार आफन्तको शरणमा बसका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्