सल्यानटारलाई नमुना सहर बनाउँछौंः प्रचण्ड


 


धादिङ फागुन ६
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सल्यानटारलाई नमुना सहरको रूपमा विकास गर्ने बताएका छन् ।

विगत ४३ वर्षपछि धादिङको सल्यानकोट आएको स्मरण गर्दै नेकपा अध्यक्ष प्रचण्डले सल्यानटारलाई देशकै नमुना सहरको रूपमा विकास गर्न केन्द्रीय रूपमा नै डिपिआर सुरु गरिसकिएको बताएका हुन् । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित कार्की गाउँ माध्यमिक विद्यालयको ५९औंँ वार्षिकोत्सब तथा नवनिर्मित आठ कोठे भवन उद्घाटन गर्न सल्यानकोट आएका प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले बुढीगण्डकी जलविद्युत् परियोजनाको कामसमेत धेरै अगाडि बढिसकेको बताउँदै जिल्लाको खहरे, आरुघाट र आरखेत बजारको मुअब्जा पनि अब छिट्टै तोकिनेसमेत बताएका थिए । कार्यक्रममा नेकपा नेता तथा सांसद खेमप्रसाद लोहनी, पुष्प बिक्रम मल्ल, गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी, जगत सिंखडा, गाउँपालिका अध्यक्ष शम्भु थापा लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्