‘पशुपति शर्माको सुरक्षा गर्नु पर्यो भने ? हामी गर्छौ’ युवा संघ


 


काठमाडौं फागुन ६
युवा संघले चर्चित गायक पशुपति शर्माको सुरक्षा जिम्मा आफुले लिने जनाएको छ । युवा संघ अध्यक्ष रमेश पौडेलले शर्माको सुरक्षा युवासंघले गर्ने बताएका हुन् । ‘लुट कान्छा लुट’ बोलको गीतप्रति आपत्ति जनाउँदैं युवासंघले विज्ञप्ती जारी गरेको थियो । उक्त विज्ञप्तीमा आईपर्ने भवितव्यको जिम्मेवारी आफैं हुनुपर्ने उल्लेख गरिएको थियो ।

उक्त विषयमा प्रष्ट पार्दै युवा संघ अध्यक्ष पौडेलले पशुपतिको सुरक्षा जिम्मा आफुले लिने बताएका हुन् । त्यसरी धम्की दिन पाईन्छ ? भन्ने प्रश्नमा उनले भने, यदि यो गीतको विषयलाई केही भयो भने त्यसको जिम्मेवारी म लिन्छु । उहाँको सुरक्षा गर्ने जिम्मा हाम्रो हो ।

एक टेलिभिजन कार्यक्रममा अध्यक्ष पौडेलले स्रष्टासँग धम्कीको भाषा बोल्नु आफ्नो कमजोरी भएको स्वीकार गरेका थिए । अध्यक्ष पौडेलले पटक पटक कुकुर भनेको र यमराज भनेको सहन नसकिएको प्रतिक्रिया दिए ।

केही वर्षअघि अमेरिका नि यही, बेलायत नि यही भन्ने गीत गाएका थिए । त्यो बेला युवा संघले शर्मालाई सम्मान गरेको थियो । तर केही वर्षपछि यस्तो राष्ट्र विरोध भावको गीत किन गाउनुभयो भन्दैं अध्यक्ष पौडेलले प्रश्न गरे । अहिले जति लुट्न पाईन्छ लुट, नेपालमै पाईन्छ छुट भन्ने आशयको गीतले नराम्रो सन्देश गएको उनको भनाई छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्