बाबुराम भट्टराईको साथ आफ्नै नेता कार्यकर्ताले छोडे


 


काठमाडौं ६ फागुन
नयाँ शक्ति पार्टीका सांसद कांग्रेस प्रवेश गर्ने भएका छन् । प्रदेश ३ बाट एक मात्र निर्वाचित सांसद प्रेम तामाङले बाबुराम भट्टराईको साथ छोड्ने भएका हुन् ।

फागुन १३ गते रसुवामा कार्यक्रम गरेर सांसद तामाङ कांग्रेस प्रवेश गर्न लागेको कांग्रेस निकट स्रोतले बतायो । कांग्रेसकै एक जना वरिष्ठ नेताकाअनुसार सभापति शेरबहादुर देउवाले तमाङलाई रसुवामै पुगेर पार्टी प्रवेश गराउनेछन् ।

गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो । प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए ।

प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका प्रभात लामाले प्रत्यक्ष निर्वाचन जितेका थिए । यद्यपी सांसद तामाङको पार्टी प्रवेशबारे धारणा भने बाहिरिसकेको छैन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्