अन्तत पशुपति शर्माले माफी मागे प्रधानमन्त्रीलाई ‘यमराज’ भनेको होइन,(भिडियो) सहित


 


काठमाडौं फागुन ६
‘लुट्न सके लुट् कान्छा’ बोलको गीतका शब्दका कारण विवादमा परेका गायक पशुपति शर्माले प्रधानमन्त्री केपी ओलीलाई ‘यमराज’ नभनेको दाबी गरेका छन् ।

‘जनता जान्न चाहन्छ’ नामक टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायक शर्माले प्रधानमन्त्री ओलीलाई यमराज नभनेको बताएका हुन् । ‘मैले गीतमा प्रधानमन्त्री ओलीलाई यमराज भनेको होइन । हजुबाको पालादेखिको शासनलाई भनेको हो’, उनले भनेका छन् ।

गीतमा रहेका शब्दलाई लिएर युवा संघ नेपालका नेताहरूले फोन गरेर गीतमा रहेका शब्द र तस्बिरहरूमा आपत्ति जनाएको उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ढेड अर्बको हेलिकप्टर चढेको विषयमा पनि युवा संघ नेपालले आपत्ति जनाएको बताए ।

गायक शर्माले आफूले कुनै राजनीतिक दललाई फाइदा हुने गरेर गीत नबनाएको बताए । ‘भ्रष्टाचार र बिकृतिविरुद्ध मेरो गीत हो’, उनले भने, ‘कसैलाई पनि चोट पु¥याउने आशय मेरो होइन ।’ उनले केही शब्द परिमार्जन गर्ने बताएका छन् । ‘यमराज’, ‘राष्ट्रपति’का कुराहरू परिमार्जन हुने शर्माले बताएका छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्