राजा ज्ञानेन्द्रले भने- “स्याबास पशुपती,


 


काठमाडौं फागुन ६
पछिल्लो समय चर्चा मा आएको गीत “लुट्न सके लुट, अरु देशमा पाइदैन ” भन्ने गीत ३ करोड जनताले मात्र हैन पूर्वराजाले समेत मन पराएका छन् ,, गीतमा देशमा जे भैराखेको हो तेस्लाई असली रुपमा प्रस्फुटन गरेकोमा पशुपति शर्मालाई राजाले धन्यबाद दिएका छन् ,। आवाजबिहिन बनेका नेपालिको अहिले एउटै गीतले धेरै कुरा बताएकोमा स्याबासी दिदै राजा ज्ञानेन्द्रले भने देशमा लुटेर खाने हरुलाइ यो गीतले पीडा दिएको छ।

दैनिक करोडौ भ्रस्टाचार र अधिनायकवादीको अत्याचारको बिरुद्दमा येति राम्रो गीत लेखेर देशभरिका जनतालाई जागरुक गराएकोमा पशुपति शर्मा जनताको प्रिय पात्र बनेका त छदै छन् , उनको गीतले बजारमा छुट्टै तरंग्ग लेराएको छ । गीत सुनेर भ्रस्ताचारी र अधिनायकवादी हरु सहनै नसकेर मिडियामा आए र बिरोध गरे तर गी राम्रो छ भनेर लाखौ नेपालीले भनेका छन्,

येतिकैमा कांग्रेस नेता अमरेश शाह ले त आफ्नो तलबको २५ हजार रुपैया पशुपति शर्मालाई पुरस्कार नै दिने घोसणा गरेका छन्
गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले गरेको विरोधप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणा गरेका हुन् ।

‘त्यस्ता जनबोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहुन्छु’ उनले भने । दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए । सिंहले भने ‘दुईतिहाई सरकारका अगाडि त्यस्तो गीत गाउन पाइन्छ, जनताको भावना व्यक्त गर्न पाइन्छ ?, त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ, सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो ?’ उनले सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्ने पनि बताए ।

त्यस्तै : पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे । तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गरे । सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको टिप्पणी गरे । विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट उनले भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’

प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्