मुक्ति समाजकाे २८ अाैं स्थापना दिवस


 


mukti samajभाेजपुर, पुस ३

नेपाल उत्पिडित जातीय मुक्ति समाज भाेजपुरले २८ अाैं स्थापना दिवस मनाएकाे छ । समाजले स्थापना दिवसकाे उपलक्ष्यमा नेपालमा दलित मानव अधिकारकाे अबस्था र नयाँ संविधानमा भएका संवैधानिक व्यवस्थाहरू विषयक अन्तरक्रिया कार्यकम गरेकाे छ ।

mukti samaj bjpकार्यक्रममा समाजका अध्यक्ष रबिन शिवाले कार्यपत्र पेश गरेका थिए । कार्यक्रमा दलित अगुवा, दलका नेता, सरकारी वकिल, कानुन व्यवसायी, नागरिक समाजका अगुवा, प्राध्यापक, प्रहरी र पत्रकारहरूकाे उपस्थिति थियाे ।

कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रमेश शाक्यले गरेका थिए । कार्यक्रमका बक्ताहरूले विगतका संविधानमा भन्दा २०७२ सालकाे संविधानमा दलितका अधिकार समेटिएकाे धारणा राखेका थिए ।

प्रकाशित मिति: ३ पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्