भाेजपुर- काठमाडाैं सम्पर्क मञ्चकाे अध्यक्षमा श्रेष्ठ


 


Bjp-Ktmभाेजपुर, पुस ५

नेकपा एमाले भाेजपुर- काठमाडाैं सम्पर्क मञ्चकाे ११ अाैं अधिबेशनबाट रेजिन श्रेष्ठ अध्यक्षमा सर्व सम्मत चयन भएका छन् । उनि यस अघि मञ्चकाे सचिव थिए । १९ सदस्यिय नयाँ कार्य समिति उपाध्यक्षमा शारदा घले, सचिव भिमराज राई, सह- सचिव भद्रकाली पराजुली र काेषाध्यक्षमा सुमित्रा राई चयन भएका छन् ।

उपाध्यक्ष घले पनि सर्व सम्मत चयन भएकी हुन् । सचिव र सह-सचिवमा चुनाव भएकाे थियाे । सचिवमा विजयी राईले ९४ र उनका निकटतम प्रतिद्वन्दी तुलसीराम सापकाेटाले ४४ मत प्राप्त गरेका थिए । त्यस्तै सह-सचिवमा विजयी पराजुलीले ७२ र उनका निकटतम प्रतिद्वन्दी दावा तेन्जिङ शेर्पाले ६३ मत प्राप्त गरेका थिए ।

अन्य पदहरूमा भने सर्व सम्मत कार्य समिति चयन भएकाे मञ्चले जनाएकाे छ । त्यस्तै सदस्यहरूमा शम्भु मिगाैरे, डी.पी. अाचार्य, श्रीकृष्ण श्रेष्ठ, दिनेश घिमिरे, दिपक खत्री, दिलिप राई, पार्वती चाैहान, एकराज अाचार्य, लुलबहादुर राई, एन्जिला राई र दिप राज दाहाल रहेका छन् ।

बाँकी तीन सदस्य पछि मनाेनयन गरिने नव निर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिए । मञ्चकाे अधिबेशन गत मंसिर २६ गते उद्घाटन भए पनि शनिबार नेतृत्व चयन भएकाे हाे ।

यस अघि मञ्चकाे अध्यक्ष पारूहाङ राई थिए । राई सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईकाे प्रमुख स्वकीय सचिवमा नियुक्त भएका छन् । राईकाे नेतृत्वमा मञ्चले थुप्रै सिर्जनशिल गतिविधि गर्नुका साथै मञ्चले अहिले सम्मकै उत्कृष्ट काम गरेकाे थियाे । मञ्चले उत्कृष्ट काम गरेबापत भाेजपुर-काठमाडाैं सम्पर्क मञ्च देशभरका जिल्ला सम्पर्क मञ्चहरूमा तेस्राे भएकाे थियाे ।

प्रकाशित मिति: ५ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्