पुस्तकालयलाई सांसदकाे सहयाेग


 


IMG_1158भाेजपुर, पुस १०

यहाँकाे सिद्देश्वर गाविसस्थित सिद्देश्वर उच्च माविकाे पुस्तकालय सुधारका लागि पूर्व पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री एंव रूपान्तरित ब्यवस्थापिका संसदका सांसद कृपासुर शेर्पाले अार्थिक सहयाेग प्रदान गरेका छन् । बिहिबार क्याम्पस प्रांगणमा निर्मित कृष्णलक्ष्मी कम्प्लेक्समा भएकाे एक कार्यक्रमकाबिच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर खड्का र विद्यालयका प्रचार्यलाई ५० हजार नगद शेर्पाले प्रदान गरेका हुन् ।

उनले सांसदकाे तलब भत्ताकाे दुई महिनाकाे रकम विद्यालयलाई प्रदान गरेकाे बताएका छन् । कर र पार्टीलाई बुझाउने रकम कटाएर बाँकी रकम पु्स्तकालय सुधारका लागि प्रदान गरेकाे शेर्पाले कार्यक्रममा बताए । भाेजपुर क्षेत्र नं १ बाट निर्वाचित सभासद भएपछि शेर्पाले तलब भत्ता जिल्लाकाे स्वास्थ्य र शिक्षामा खर्च गर्दे अाएकाे बताएका छन् ।

कार्यक्रममा पूर्व अर्थमन्त्री शंकर प्रसाद काेईराला, सांसादहरू जयन्ती राई र तारा राईकाे उपस्थिति थियाे । त्यस्तै  मन्त्रालयका सह–सचिव, दाँवाली मिलन क्लबका महासचिव राेशन श्रेष्ठ एनअारएन संस्थापक महासचिव भिम उदास, नाेबेल कलेज, हस्पिटलका निर्देशक नवराज पाण्डे, सुरक्षा निकायका प्रमुख, खेलकुद विकास समितिका पदाधिकारी , खेलाडी, शिक्षक, विद्यार्थी र अभिभावकहरूकाे उपस्थिति थियाे।

प्रकाशित मिति: १० पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्