जब कृपासुरले अाफू पढेकाे विद्यालयलाई रकम दिए…


 


IMG_1333भाेजपुर, पुस १२

कृपासुर शेर्पा  जहाँ जान्छन् त्यहाँ केही न केही दिएरै हिड्छन् । त्यहि भएरै हाेला अाइतबार भाेजपुर नगरपालिका ३,४ नं वडामा पर्ने बाेखिमस्थित पञ्चकन्या मावि प्रांगणमा भेला भएका मानिसहरू साउती गरिरहेका थिए । कार्यक्रम थियाे विद्यालयकाे ६० अाैं जन्माेत्सव समाराेह ।

समाराेहमा प्रमुख अतिथिकाे रूपमा शेर्पा पुगेका थिए । संयाेग चाँही के रहेछ भने शेर्पा यही विद्यालमा २०२२/०२३ सालमा छ र सात कक्षा पढेका रहेछन् । कार्यक्रम सञ्चालकले माएकबाट ठुल–ठुलाे स्वरमा हाम्राे विद्यालयका पूर्व विद्यार्थी, मन्त्री एंव सांसद कृपासुर शेर्पा भनेर नाम उच्चारण गरिरहेका थिए ।

उपस्थित अभिभावकहरू चाँही साउती गरिरहेका थिए, अाज कति पैसा दिन्छ ? नभन्दै शेर्पाले कार्यक्रमकाे अन्त्य तिर अाफ्नाे भाषण सकेपछि एक लाख रकम विद्यालयलाई दिने घाेषणा गरे । उनले घाेषणा मात्र गरेनन् काेटकाे गाेजीबाट एक लाखकाे एक बिटा नगद नै झिकेर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण खड्का र प्रधानाध्यापक शान्त कुमार राईलाई प्रदान गरे ।

याे रकम विद्यालयमा अक्षयकाेष स्थापनाका लागि प्रदान गरेकाे शेर्पाले बताए । शेर्पाले जिल्लाका अधिकांश विद्यालयमा यसरी नै रकम प्रदान गरेका छन् । विद्यालयमा रकम प्रदान गरेपछि अभिभावकहरू खुसि भए भने उनिहरूकाे साउती पनि यथार्थमा परिणत भएकाे थियाे ।

प्रकाशित मिति: १२ पुस २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्