मन्दिर निर्माण गर्दे थामी


 


thamiभाेजपुर, पुस १७

आफ्नो ऐतिहासिक भाषा सष्कृति परम्परालाई जिबन्त राख्न र उत्थानका लागि भोजपूरका अल्पसङ्ख्यक आदिबासि थामि जातिहरु भूमेथान मन्दिर निर्माण अभियानमा छन् । प्रकृतिपूजक थामी समूदायहरु बर्षमा 2पटक भुमेपूजा गर्छन । बैशाखे पुर्णिमा र मङ्सिरे पुर्णिमाका दिन पुजा गर्छन ।

थामी भाषा सँस्कृति तथा भूमेथान मन्दिर निर्माण समितिका सँयोजक रमेश अर्पण थामीका अनुसार थामी जाति नेपालको अति सिमान्तकृत र अल्पसँख्यक जातिमा पर्छ । सामाजिक आर्थिक शिक्षा र राजनैतिक क्षेत्रमा पछाडि रहेपनि भाषा सस्कार सँष्कृतिमा धनि थामी जाती धनी रहेका छन् । यो नै उनिहरूकाे पहिचान र अस्तित्व हो ।

प्रकूतिपूजामा अास्था भएर भूमेथान मन्दिर निर्माण गर्न लागेकाे रमेश अर्पण थामीले बताए । राज्य सरकारले आदिबासी जनजाति लक्षित कार्यक्रम र योजनाहरु सन्चालनमा ल्याएपनि भोजपुरका थामि समुदायको भाषा सास्कृतिक अधिकारका कार्यक्रमहरु सोचेजष्तो नभएको गूनासो नेपाल थामी समाज भोजपूरका अध्यक्ष लिलाबहादुर थामीको छ ।

भोजपुरका थामी समुदायहरु आफ्नै जनश्रमदानबाट र गत बर्ष देउसि भैलि खेलि सँकलन गरेको रकमबाट मन्दिर निर्माण गर्न लागेका हुन । ७४ बर्षिय बृद्द दलबहादुर दाङ्गुरी भन्छन हामीले यो काम गर्न सकेका थिएनौ । नयाँ पुस्ताले पूराऩो रितिरिबाज जोगाउन लागेकोमा खुसि ब्यक्त गरे ।

प्रकाशित मिति: १७ पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्