मोटरसाइकल जुध्दा समाजवादी युवा फोरमका सह–संयोजकको मृत्यु


 


पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेको छ । दुई विपरित दिशाबाट आएका मोटरसाइकल एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् ।

गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोटरसाइकल एकापसमा जुधेको हो । दुर्घटनामा परी इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश नं १ समितिका सहसंयोजकसमेत रहेको बुझिएको छ ।

दुर्घटनामा दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएको छ । घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्