सरकार र सिके राउतबीचको सहमति राष्ट्र हितमा छ : मुख्यमन्त्री पोखरेल


 


काठमाडौं, फागुन २४
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल सरकार र सिके राउतबीच भएको सहमती नेपाल राष्ट्रको हितमा रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका पोेखरेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै यस्तो बताउनुभएको हो ।

उहाँले संविधान र सहमतीवाट अघि वढ्न खोज्दा वाटो छेक्न नखोजौ भन्दै सरकार र राउतबीचको सहमतिमा विमती जनाउँदै आएका नेताहरुलाई समेत आग्रह गर्नुभएको छ ।

सरकार र सिके राउतबीचको सहमतिलाई लिएर कतिपय नेकपाका नेताहरु असन्तुष्ट रहेको खबरहरु बाहिरएका छन् । वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भिम रावल लगायतका नेताहरु उक्त सहमतिलाई लिएर विमती जनाएको बताइन्छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्