हप्ताको यो दिन महिलाहरु अधिक यौनसम्पर्क गर्न चाहन्छन्


 


यौनसम्पर्कलाई लिएर विश्वमा हरेक दिन नयाँ र अनौठो तथ्य सार्वजनिक हुने गर्दछ । बेलायतमा गरिएको एक सर्वेक्षणले शनिबारको रात महिलाहरु सबैभन्दा बढी सेक्सी हुने गरेको रहस्य बाहिर ल्याएको छ ।

बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँने गर्दछन ।

उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउने गरेको अध्ययनले देखाएको छ । सोही रात उनीहरुले राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्ने गरेको अध्यनमा भनिएको छ ।

२००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूम पनि प्रयोग गर्दछन, जसले आफ्नो पार्टनरलाई प्रभावित पार्न सकियोस् । उक्त समयमा महिलाहरुले सेक्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका हो । एजेन्सी

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्