आईपीएल खेल्न सन्दीप लामिछाने बुधबार दिल्ली जाँदै


 


काठमाडौँ । नेपाली लेग स्पीनर सन्दीप लामिछाने बुधबार दिल्ली जाँदैछन् । पाकिस्तान सुपर लिग खेलेर केही दिनअघि मात्रै स्वदेश फर्किएका सन्दीप इण्डियन प्रिमियर लिग आईपीएल खेल्नका लागि भोली दिल्ली जाने भएका हुन् । मार्च २३ देखि सुरु हुने आईपीएलमा सन्दीपले दिल्ली क्यापिटलबाट खेल्दैछन् ।

सन्दीपले कुनै पनि प्रतियोगिता खेल्न जाँदा आफूसँग देशको नाम जोडिने भएकाले राम्रो प्रदर्शन गर्ने जिम्मेवारी बोकेर दिल्ली जान लागेको बताए ।

उनले अर्को सिजन पनि यही टिमबाट खेल्नेछन् । सन्दिप सहभागी भएको टिम दिल्लीले आइतबार मुम्बई इण्डियन्सविरुद्धको खेलबाट प्रतियोगिता शुरु गर्नेछ ।

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्