नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश


 


विराटनगर, चैत ६

श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
आज विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।

नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको खेलमा अग्रता लिएको थियो ।

त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् । नेपालले उपाधिका लागि आजै हुने भारत र ब‌गलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्