आईपीएल खेल्न दिल्ली पुगे सन्दीप लामिछाने


 


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्न आज दिल्ली प्रस्थान गरेका छन् ।

यसै साता सुरु हुने आईपीएलका लागि सन्दिप आज बिहान दिल्ली गएका हुन् । सन्दिपले दिल्ली क्यापिटल्सबाट लगातार दोस्रो सिजन खेल्न लागेका हुन् ।

सन्दिपलाई पुरानै क्लब दिल्लीले आफूसँग राखेकोले उनको पारिश्रमिक यो वर्ष पनि अघिल्लो वर्षको बराबर २० लाख भारु हुनेछ ।भारतमा शनिबारदेखि सुरु हुने १२ औं संस्करणको इन्डियन प्रिमियर लिग आइपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आठ टोली सहभागी छन् ।

सन्दिपको दिल्लीले पहिलो खेलमा चैत १० गते आइतबार मुम्बई ईन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ । सन्दीपले गत वर्ष पछिल्ला तीन खेलमा मात्र दिल्लीबाट खेल्ने अवसर पाएका थिए ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्