हरेक हप्ता तलब दिने कानून बनाउन कांग्रेस नेताको माग


 


काठमाडौं– कांग्रेस युवा नेता कल्याण गुरुङले हरेक हप्ता तलब दिने गरि कानून ल्याउनुपर्ने बताएका छन् । महिना दिनसम्म तलव नदिँदा बजारमा पैसा प्रवाह नहुने र अर्थतन्त्र चलायमान नहुने गुरुङको तर्क छ ।

गुरुङले भने – नेपालमा सरकारी र नीजि कार्यालयहरुमा काम गर्ने कर्मचारीहरूलाई महिनामा एक पटक तलब दिइन्छ, अझ सरकारी विद्यालयका शिक्षकहरुको तलब ४ महिनामा एक पटक दिइन्छ । यसो गर्दा एक बर्षमा जम्मा १२ पटक मात्र पैसा बजारमा प्रबाह हुन्छ । यसले कुनै लाभदायक प्रतिफल दिँदैन ।’

उनले देश विकासको लागि मौद्रिक प्रवाह बढी हुनु आवश्यक रहेको भन्दै सरकारी र नीजि कार्यालयहरुमा काम गर्ने कर्मचारी र शिक्षकहरुको तलब हरेक हप्ता दिने गरि कानून बनाउनु पर्ने बताए ।

गुरुङले थपे, ‘हप्तैपिच्छे तलब दिइयो भने वर्षमा कम्तिमा ५२ पटक पैसा देशमा प्रवाह हुन्छ । देशमा विकासको गतिलाई तीब्र तुल्याउने हो भने बहुलवादमा आधारित बहुदलीय लोकतन्त्र र मुद्रा (पैसा) लाई सुत्न दिन हुँदैन ।’

गुरुङले मौद्रिक प्रवाह हुँदा आर्थिक कारोबार बढ्ने, रोजगारीका अवसरहरु सिर्जना हुने भन्दै यस विषयमा गम्भीर बहसको शुरुवात गर्नुपर्ने बताए ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्