आइपिएल क्रिकेट सुरु : टस जितेर बैङलोर ब्याटिङ गर्दै


 


एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १२ औं संस्करण सुरु भएको छ। एम(चिदम्बरम रंगशालामा सुरु प्रतियोगिताको उद्घाटन खेल चेन्नइ सुपर किँग्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्।

चेन्नईले टस जितेर फिल्डिङ रोजेको छ। महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नइमा सुरेश रैना, अम्बाती रायडु, शेन वाट्सन, फाप डु प्लेसिस, रबिन्द्र जडेजालगायतका खेलाडी छन्। बिराट कोहलीले नेतृत्व गरेको बैंगलोरमा एभी डिभिलियर्स, मोइन अली, उमेश यादव, पार्थिव पटेल, टिम साउदीलगायतका खेलाडी छन्।

अहिलेसम्म भएका आइपीएलका ११ संस्करणमा चेन्नइ र बैंगलोर २३ पटक भिडेका छन्। जसमा १५ खेल चेन्नइ र ७ खेल बैंगलोरले जितेको छ भने एक खेल नतिजा विहीन भएको थियो। आइपीएलमा बैंगलोर तेस्रो पटक उद्घाटन खेल खेल्न लागेको हो। यसअघिका दुवै खेल बैंगलोरले हारेको इतिहास छ । चेन्नइले भने यसअघिका चार उद्घाटन खेलमध्ये २ खेल जितेको थियो।

प्रतियोगिताको फाइनल खेल आगामी मे १२ मा हुनेछ। भोलि सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले मुम्बई इन्डीयन्ससंग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्