सुरक्षित यौन जीवनका लागि प्राकृतिक गर्भनिरोधक विधी


 


भनिन्छ, दम्पतीबीचको सक्रिय यौन जीवनले उनीहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । सक्रिय यौनले हृदयघातको जोखिम कम गर्नेदेखि डिप्रेसनबाट छुटकारा दिलाउनेसम्मको फाइदा बताइन्छ । यौन सम्पर्कलाई कसरी रोमान्चक र सक्रिय बनाउने भन्ने कुरा त सदियौंदेखि अभ्यास हुँदै आएको छ ।

दम्पतीले कति पटक यौन सम्पर्क स्थापित गर्ने रु यसबारे पनि विज्ञहरुले सुझाएका छन् । भनिन्छ, हप्तामा औसत तीन पटकसम्म यौन सम्पर्क गर्नु राम्रो हो । यद्यपी यौन सम्पर्क अघि दुबै मानसिक र शारीरिक रुपमा सक्रिय हुनुपर्छ । यौन सम्बन्धलाई रसिलो र रोमान्चक बनाउनका लागि प्राकक्रिडाले सघाउ पुर्‍याउँछ । प्राकक्रिडा भनेको यौन सम्पर्कपूर्व गरिने यस्तो अभ्यास हो, जसले दुबैलाई यौनका लागि समूचित ढंगले उक्साउँछ ।

यौन सम्बन्धबारे यावत् कुराको जानकारी लिइरहँदा एउटा जिज्ञासा मनमा जाग्छ, ‘यौन सम्पर्क गरिरहँदा गर्भनिरोधको उपाय कसरी अपनाउने ?

किनपनि यो जिज्ञासा उठ्छ भने, नियमित यौन सम्पर्क गर्दा गर्भ रहने संभावना हुन्छ । हुन त अहिले गर्भ निरोधका थुप्र्र्रै विकल्प छन् । गर्भनिरोधक चक्की लिनेदेखि कन्डोमसम्म । तर, यस्ता पद्दती अपनाउँदा त्यसको साइड इफेक्ट देखिन्छ । खासगरी गर्भनिरोधक चक्की, आकस्मिक गर्भनिरोधक जस्ता चक्कीले महिलाहरुको हर्मोनल गडबडी हुनेदेखि जटिल रोग लाग्नेसम्म भय रहन्छ ।

त्यसो भए के गर्ने त ?

यसको समाधान हो, प्राकृतिक गर्भनिरोधकको उपयोग । हुन त यो विधी अपनाउँदा निश्चित तालिका फलो गर्न सकिदैन । किनभने यो विधी मासिक स्रावको चक्रलाई आधार बनाएर अपनाउनुपर्ने हुन्छ ।

चक्की वा अन्य कृतिम विधीबाट गर्भनिरोध गर्नु खतरनाक हुनसक्छ । जबकी प्राकृतिक गर्भनिरोधक प्रभावकारी र दोषरहित हुन्छ । यसको कुनै साइड इफेक्ट रहँदैन । चीनमा भएको एक सोधलाई मान्ने हो भने, प्राकृतिक रुपले अपनाइएको गर्भनिरोधक प्रभावकारी हुने संभावना ९७ देखि १०० प्रतिशतसम्म हुन्छ । अतः यो पूर्णत सुरक्षित विधी पनि हो ।

स्तन क्यान्सरको जोखिम हुन्न

केही अध्ययनलाई मान्ने हो भने गर्भनिरोधका लागि प्रयोग गरिने चक्की अत्याधिक मात्रामा प्रयोग गर्दा ब्रेस्ट क्यान्सर हुने संभावना रहन्छ । जबकी प्राकृतिक गर्भनिरोधकको प्रयोगले यस किसिमको कुनै खतरा हुँदैन । अर्थात ब्रेस्ट क्यान्सरको जोखिमबाट बँच्न सकिन्छ।

यौन क्षमता

गर्भनिरोधक गोलीको प्रयोग गर्ने महिलाको यौन क्षमता पनि प्रभावित हुन्छ । उनीहरुमा यौन सम्बन्धप्रति रुची क्रमस घट्दै जान्छ । जबकी प्राकृतिक गर्भनिरोधकमा यस्तो समस्या हुँदैन । अर्थात प्राकृतिक विधी अपनाउँदा आफ्नो यौन क्षमता कायम रहन्छ ।

शरीर पनि स्वस्थ्य

अनिच्छित गर्भ नियन्त्रणका लागि चक्कीको प्रयोग गरिरहँदा त्यसले शरीरमा अनेकन समस्या ल्याउँछ । टाउको दुख्ने, अनिद्रा, अरुची । जबकी प्राकृतिक गर्भनिरोधक प्रयोग गर्दा त्यस्तो समस्या रहँदैन ।

हर्मोन सन्तुलित रहन्छ

प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्दा महिलाको शरीरमा हुने हर्मोनल परिवर्तनमा कुनै समस्या हुँदैन । जबकी गर्भनिरोधक चक्कीले मासिक स्रावसमेत प्रभावित हुन्छ ।

यो सजिलो विधी हो

प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्नु एकदम सजिलो हुन्छ । मासिक श्राव अघिको ओभ्युलेशन पिरियड ९महिनावरी सुरु हुनुभन्दा १० औदेखि १६ औ दिनको बीच० यौन सम्बन्ध बनाउनु हुँदैन । यस दिनबाहेक अरु कुनैपनि दिन यौन सम्बन्ध बनाउन सकिन्छ र अनिच्छित गर्भबाट बच्न सकिन्छ ।

भरपुर आनन्द उठाउनुहोस्

प्राकृतिक गर्भनिरोधकले हाम्रो यौन क्षमता घटाउँदैन, बरु बढाउँछ । अर्थात हामी यौन जीवनको भरपुर आनन्द लिन सक्छौ । यसको प्रयोगले पार्टनरलाई कुनै दुख पनि हुँदैन ।

खर्च हुँदैन

प्राकृतिक विधी अपनाउँदा खर्च हुँदैन । चक्की किन्नु परेन । जोखिम पनि हुँदैन । यसको अर्का फाइदा भनेको पार्टनरलाई अनिच्छित गर्भबाट जोगाउनु पनि हो । यसले पाटनरप्रति आफ्नो जिम्मेवारी पनि बोध गराउँछ । प्राकृतिक गर्भनिरोधक विधी अपनाउँदा दोस्रो पटक गर्भाधान गर्न कुनै समस्या हुँदैन

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्