बल्छी धुर्बे र राजु मास्टरले किन छोडे मेरी बास्सै ?


 


काठमाडौं । हाँस्य टेलीचलचित्र ‘मेरी बास्सै’का कलाकार द्वय मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) उक्त टेली चलचित्रबाट अलग भएका छन् ।

निर्माण कम्पनी मिडिया हबसँगको असहमतिका कारण उनीहरु अलग हुनु परेको कलाकार मरिचमान श्रेष्ठले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् ।

“मेरी बास्सैका हाम्रा गुरुहरु केदार घिमिरे र सिताराम कट्टेलले छोडेपछि हामी द्वय राजु मास्टर र मेरो कथामा आफैले निर्देशन गर्दै आएको मेरी बास्सै मिडिया हबसँग विभिन्न कुरामा सहमति हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भएका छौं,” उनले लेखेका छन् ।

उनले दर्शकसामु तत्काल आउने पनि जनाएका छन् । “हाम्रा दर्शकको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं । हामी बाचा गर्नेछौं, चाडो भन्दा चाडो यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौँ ।”

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्