नेपालका सन्दीपको लामिछानेको टिम दिल्ली चेन्नईसँग पराजित


 


एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले सन्दीपलाई भने खेलाएन । एक सय ४८ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९।४ ओभरमा चार विकेटको क्षतिमा एक सय ५० रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।

चेन्नईको जितमा ओपनर सेन वाटसनले सर्वाधिक ४४ रन बनाए । महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए । सुरेश रैनाले ३० र केदार जाधवले २७ रन बनाए । बलिङमा दिल्लीका अमित मिश्राले दुई विकेट लिए । ईशान्त शर्मा र कागिसो रबाडाले एक एक विकेट झारे ।

यसअघि घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । दिल्लीका लागि ओपनर शिखर धवनले ५१ रन बनाए । ऋषभ पन्तले २५, सेन वाटसनले २४, कप्तान श्रेयस ऐरले १८ र राहुत तेवतियाले ११ रन बनाएका थिए ।

दिल्लीलाई रोक्न बलिङमा चेन्नईका डबेन ब्राभोले तीन विकेट लिए । दिपक चाहर, रविन्द्र जडेजा र इमरान ताहिरले एक एक विकेट लिएका थिए । जितसँगै चेन्नई लगातार दोस्रो जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्