आईपिएल क्रिकेट : कोलकाताको दोस्रो जित


 


एजेन्सी । इण्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो जित हात पारेको छ । कोलकाताले किंग्स इलेभेन पञ्जावलाई २८ रनले हरायो ।

कोलकातामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा चार विकेट गुमाएर २१८ रनको बलियो योगफल तयार पर्‍यो । यो योगफल आईपीएलको यो सिजनकै सबैभन्दा ठूलो स्कोर हो ।

३६ रनमा दुई विकेट गुमाएको कोलकाताका लागि नितिस राना र रविन उथपाले पहिलो विकेटका लागि ११० रनको उत्कृष्ट साझेदारी गरे । ब्यक्तिगत तर्फ रानाले ३४ बलमा ६३ रन बनाए । उनले दुई चौका र सात छक्का प्रहार गरेका थिए । रविन उथपाले अविजित ६७ रन बनाए । उनले पनि ६ चौका र दुई छक्का प्रहार गरेका थिए ।

बुधबारको खेलमा कोलकाताले १७ छक्का प्रहार गरेको थियो । एन्ड्रु रसेलले पनि १७ बलमा ४८ रन बनाउँदा तीन चौका र पाँच छक्का प्रहार गरे ।

सुनिल नराइनले पनि नौ बलमा २४ रन बनाएका थिए । २१९ रनको लक्ष्य पछ्याएको पञ्जाव २० ओभरमा चार विकेट गुमाउँदै १९० रनमा समेटियो । ओपनर केएल राहुल १ रनमा आउट भएका थिए । पञ्जावका लागि डेविड मिलरले सर्वाधिक ५९ रन बनाएका थिए ।

मायांक अग्रवालले ५८ रन जोडे । मन्दिप सिंहले पनि अविजित ३३ रन बनाए । क्रिश गेलले १३ बलमा २० रन बनाएका थिए । कोलकाताका एन्ड्रु रसेलले दुई विकेट लिए ।

प्रकाशित मिति: १४ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्