चैत्र २९ गते देखि दमकमा वडास्थरीय फुटबल हुने


 


दमक,चैत्र १६ /झापाको दमकमा यहि २० गतेबाट वडास्थिरीय फुटबल प्रतियोगिता हुने भएको छ । आज दमकमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सो कुरा जानकारी गराइएको हो ।

चैत्र २९ गते सम्म सञ्चालन हुने प्रतियोगिा दमक १५ स्थित उराउ टोलमा हुने आयोजक दमक नगरपालिका खेलकुद बिकास समितीका उपाध्यक्ष भिम केसीले बताउनुभयो । प्रत्येक वडाबाट उत्कष्ट खेलाडी छर्नोट गरि आगामी दमक गोल्डकपमा एउटा टिम बनाइने उहाले बताउनुभयो । यस्तै प्रतियोगिताको कुल लागत रु ६ लाख रहेको समितीका अध्यक्ष केन्द्र प्रशाईले जानकारी दिनुभयो । जस मध्ये वडाबाट उठ्ने ५ लाख र दमक नगरपालिकाको रु १ लाख रहने उहाले बताउनुभयो ।

प्रतियोगिताका बिजेताले रु एक लाख ५ रुपैया तथा उपबिजेता टोलीले नगद ५० हजारसहित टफि पाप्त गर्नेछन । प्रत्येक खेलका म्यान अफ दि म्याचले रु १००० ,उत्कृष्ट गोल किपर , डिफेन्स,मिडफिल्डर ,स्टाइकर ,बेस्ट स्कोररलाई क्रमश २५ सय र उत्कृष्ट खेलाडीलाई रु ५००० प्रदान गरिने बताइएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्