भरुवा बन्दुक सहित इलाममा एक पक्राउ
नरेन इलामेली १७ चैत्र
इलाम– इलामबाट अवैध भरुवा बन्दुक सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सूर्योदय नगरपालिका ५ शान्तिधारा टोल बस्ने ४३ बर्षिय हर्कबहादुर लिम्बू रहेको प्रहरीले जनाएको छ ।
लिम्बूको घरमा खानतलासी गर्दा घरमा लुकाईछिपाई राखेको तीन नाल अवैध भरुवा बन्दुक सहित लिम्बूलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
लिम्बूलाई आइतबार नै जिल्ला अदालत इलामबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रकाशित मिति: १७ चैत्र २०७५, आइतबार












