विमानस्थलबाट फेरि सुन तस्करी, ६ किलो बरामद भयो


 


काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । प्रहरीका अनुसार थाइ एयरवेजबाट आएका ४ जना भारतीय नागरिकको साथबाट ६ किलो सुन बरामद भएको हो ।

पक्राउ पर्नेमा ३ महिला र १ पुरूष छन् । विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले सुनसहित उनीहरूलाइ नियन्त्रणमा लिएको हो ।प्रहरीले बरामद सुनसँगै चारै जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

सुरूमा विमानस्थलमा भन्सार कर्मचारी र प्रहरीकै मिलोमतोमा सुन आउने गरेको थियो । त्यसरीनै भित्र्याएको ३३ किलो सुन गाएब भएपछि भरिया भनिएका मोरङका समन शाक्यको हत्या भयो ।

उक्त घटनाका बारेमा सरकारले छानबिन समिति बनाएर अनुसन्धान थालेको छ । तर, विमानस्थलबाट हुने सुन तस्करी रोखिएको छैन ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्