प्रेस स्वतन्त्रताका विषयमा देउवाले मुख खोले, सरकारलाई दियो यस्तो चेतावनी


 


धनगढी, वैशाख ४
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि धावा बोलिरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई आज धनगढीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रेसमाथि अंकुश लगाउन खोजेर सरकारले अधिनायकवादी शासन लाद्न खोजेको आरोप लगाए। पत्रकारहरुलाई साइबर अपराधका मुद्दा लगाएर पक्राउ गर्न लगाउनु सरकारको अनैतिक क्रियाकलाप भएको उनले बताए ।

पत्रकारका कलम बन्द गर्ने खालका क्रियाकलाप सरकारले गरिरहेको भन्दै देउवाले त्यसकाविरुद्ध कडा रुपमा प्रस्तुत हुने सरकारलाई चेतावनीसमेत दिए । उनले आफ्ना गल्ती ढाकछोप गर्न पत्रकारमाथि अंकुश लगाउने काम सरकारले गरिरहेको आरोप लगाए ।

पत्रकारले गलत समाचार लेखेमा अदालती प्रक्रिया खुला भए पनि प्रहरी लगाएर पक्राउ गर्न लगाएर सरकारले प्रेसलाई दमन गर्न खोजेको उनले बताए ।

सरकारका अधिनायकवादी गतिविधि टुलुटुलु हेरेर बस्नुभन्दा अब सरकारविरुद्ध सशक्त भएर लाग्ने बेला आएको सभापति देउवाले बताए ।

प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्