मलेसियाबाट काठमाण्डौँ आउँदै गरेको जहाजमा चरा ठोक्कियो
काठमाण्डौ । नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डौ आउँदै गरेको निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बिहान ९ :३० बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा चरा ठोक्किएको हो । जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेका पनि विमानस्थलले जनाएको छ ।
प्रकाशित मिति: ५ बैशाख २०७६, बिहिबार










