टहरा भत्काएको विरोधमा स्थानीयबासीले जनप्रतिनिधिलाई कार्यकक्षमै थुने


 


विराटनगर । स्थानीयवासीले विराटनगर–६ का जनप्रतिनिधिलाई कार्यकक्षमै थुनिदिएका छन् । सुकुम्बासीको घर भत्काइदिएपछि आक्रोशित भएका सर्बसधारणले वडाध्यक्ष बिजय कामतसहित वडा सदस्य र कर्मचारीहरुलाई कार्यकक्षमै थुनेका हुन् ।

सार्बजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भन्दै बिहीबार दिउँसो ८ वटा टहरा भत्काइएको थियो । त्यही आक्रोशमा स्थानीयवासीले शुक्रबार बिहान जनप्रतिनिधि र कर्मचारीलाई कार्यकक्षमै थुनिदिएका हुन् ।

वडाभरीका सुकुम्बासी कार्यालयमा भेला भएर विहान १० बजेदेखि जनप्रतिनिधिलाई कार्यकक्षमै राखेर बारिहबाट तालाबन्दी गरेर नाराबाजी गरेका थिए ।

सार्बजनिक जग्गामा व्यक्तिले पैसा उठाएर सुकुम्बासीका नाममा टहरा बनाएपछि महानगरपालिकाले डोडर प्रयोग गरेर भत्काएको मेयर भीम पराजुलीले बताएका छन् ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्