भीम रावलले भने : सार्वजनिक जग्गा कब्जा गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ


 


काठमाडौं । बालुवाटारको सरकारी जग्गा हडप्नेमा पार्टी महासचिव विष्णु पौडेलसमेतको नाम जोडिएपछि नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले मुख खोलेका छन् । रावलले माइक्रो ब्लगिङ साइट ट्विटरमा टिप्पणी गर्दै द्वन्द्व र अस्थिर स्थितिमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्नेलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

“द्वन्द्व र अस्थिर स्थितिमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्ने कुकार्य जोसुकैले गरेको भए पनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो,” उनले लेखेका छन् । “प्रधानमन्त्री निवास छेउको जग्गा कब्जा गर्ने लगायतलाई कारबाही गर्न सरकार सफल होस्,” उनले अन्तिममा लेखेका छन् ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्