सुनसरीमा स्वतन्त्र पत्रकारहरू एक हुदै गठन भयो नयाँ कार्य समिति


 


इटहरी बैशाख ७
राजनीतिक दलसंग आस्था राख्ने तर स्वतन्त्र रूपमा पत्रकारीता गरिरहेका पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ नेपालले सुनसरीमा नयाँ कार्यसमिति चयन गरेको छ । इटहरीका अग्रज पत्रकार खगेन्द्र कार्किको अध्यक्षतामा हाललाइ ११ जना सदस्यहरू रहनेगरी कार्यसमिति चयन गरिएको हो ।

इटहरीमा भएको पत्रकारहरूको भेलाले उपाध्यक्ष , सचिव , सहसचिव , कोषाध्यक्ष र सदस्यहरूमा क्रमश दुहबीका अकबर अली , इटहरीका तेज बन , टिका बिक , कोषाध्यक्षमा महिला कोटाबाट छनौट गरेर मनोनयन गरिने भएको हुदा पद रिक्त राखिएको छ ।त्यसैगरी रामधुनि नगरपालिका बाट पत्रकार शिशिर भट्टराइ स्वतन्त्र पत्रकार संघ नेपालको सदस्यमा मनोनयन भएका छन ।

पत्रकारहरूकै भेलाले इटहरीका जेष्ठ एवम अग्रज पत्रकार संगै अधिवक्ता शालिग्राम पाण्डे , अग्रज पत्रकार मोहन ढकाल , सुनसरी धरानकि कृयाशिल महिला सञ्चारकर्मि मनिता राइ ९चाम्लिङ० र दुहबिका पत्रकार प्रेम गिरीलाइ केन्द्रिय पार्षदमा मनोनित गरिएको छ ।
सुनसरीमा पत्रकारहरूको संख्या दिन प्रतिदिन थपिदै गएको बिद्यमान अवस्थालाइ मध्यनजर गर्दै अधिकांस पत्रकारहरू राजनीतिक दलसंग आवद्ध रहि उनिहरूकै संगठन तर्फ केन्द्रित बनेपछि स्वतन्त्र रूपमा जो कुनै राजनीतिक दलहरूसंग आवद्ध नभइ स्वच्छ रूपमा काम गर्दै आएका पत्रकारहरूको हक हित तथा संरक्षणका निमित्त सुनसरीमा पनि स्वतन्त्र पत्रकारहरू छन भनेर देखाउन तथा पहिचान गराउन यो संघको स्थापना गरिएको स्वतन्त्र पत्रकार संघ नेपालका सचिव तेज बनले बताए ।

भेलामा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष तथा बरिष्ठ पत्रकार कृष्ण प्रशाद वास्तोला सोहि संगठनका केन्द्रिय महासचिव नवराज पहाडीले नव निर्वा्चित पदाधिकारीहरूलाइ अविरको टिका लगाएर स्वतन्त्र रूपमा पत्रकारीता गर्न सुभकामना सहित सुझाव दिएका थिए ।

प्रकाशित मिति: ७ बैशाख २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्