सार्बजनिक यातायातमा महिलालाई छोए जेल चलान गर्ने (भिडियो रिपोर्ट)


 


भक्तपुर सार्वजनिक यातायातका साधनमा हुने यौन दुर्व्यवहार रोक्न प्रहरीले नयाँ अभियान सुरु गरेको छ। अभियानको नाम ‘सेफ्टीपिन’ दिइएको छ। प्रहरीको अनुगमनमा सार्वजनिक यातायातका साधनमा यौन दुर्व्यवहार हुँदा महिलाले सुरक्षाका लागि सेफ्टीपिनले घोचेर पुरुषलाई भगाउने गरेको देखियो।

यही आधारमा अभियानको नाम ‘सेफ्टीपिन’ राखिएको हो। यौन दुर्व्यवहारमा संलग्नलाई पक्राउका लागि सार्वजनिक यातायातका साधनमा सादा पोसाकका प्रहरी खटिएका हुनेछन।

प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष महिला तथा बालबालिकामाथि हुने अपराधको संख्या बढ्दो छ। महिलामाथि हुने हिंसा रोक्न एक सार्वजनिक गाडीमा एक महिला प्रहरीसहित तीन जना प्रहरी परिचालन गरिने छ ।

साथै प्रहरीको भ्यान पनि तयारी अवस्थामा राख्ने र कसैले महिला हिंसा गरे तुरुन्त प्रहरी भ्यानमा हाली प्रहरी कार्यालयल ल्याएर कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

यसै बिषयमा आम सर्वसाधारणहरु के भन्छन ?

हेर्नुहोस भिडियो

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्