रक्सी बेच्न छोडे नगरपालिकाले १ लाख सहयोग गर्ने


 


रुकुमपश्चिम । जाँडरक्सीमुक्त नगरपालिकाको अभियान चलाइरहेको रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले जाँडरक्सी व्यवसाय छोडेर अन्य व्यवसाय गर्ने व्यवसायीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

इजाजतपत्र लिएर जाँडरक्सी व्यवसाय गरिरहेका व्यवसायीले यो व्यवसाय छाडेर अन्य व्यवसाय गर्न खोजे १ लाख रुपैयाँसम्म सहयोग गर्ने नगरप्रमुखगोर्खबहादुर केसीले बताउनुभयो । नगरप्रमुख केसीले जाँडरक्सी व्यवसायलाई परिवर्तन गर्न आग्रहगर्दै भन्नुभयो, ‘नयाँव्यबसायकालागिनगरपालिका १ लाख सम्मको सहयोग गर्न तयार छ ।’

समृद्ध नगर निर्माणकालागिजाँडरक्सीले पनिबाधागरिरहेको नगरको ठम्याई पछिनयाँव्यबसायमाआकर्षणगर्न यस्तो सहयोग गर्न खोजेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको यस्तो निर्णयपछि केहि व्यवसायीहरु व्यवसाय परिवर्तन गर्न इच्छुक रहेको नगरप्रमुख केसीले जनाउनुभयो ।

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्