सुनकाे मूल्य घट्याे


 


भाेजपुर, फागुन १६

साताको पहिलो दिन प्रतितोला ५ सय रुपैयाँले सुनको भाउ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार शुक्रवार प्रतितोला ५६ हजार ५ सय रुपैयाँ रहेको सुन आइतवार ५६ हजार रुपैयाँमा झरेको छ।

चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँ घटेको छ। अघिल्लो कारोवारको दिन शुक्रवार प्रतितोला ७ सय ३५ रुपैयाँ रहेको चाँदी यस दिन ७ सय २५ रुपैयाँमा झरेको छ। शुक्रवार कायम भएको सुनको मूल्य २ वर्षयताकै महँगो हो। विश्व सेयर बजारमा सुधार आएमा सुनको भाउ घट्न सक्ने अनुमान छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्