प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा नेकपाको अध्यक्षमा पाठक


 


झापा बैशाख ८
नेपाल कम्युनिस्ट पार्टी झापाको अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगाएको हो । औपचारिक रुपमा भोली पार्टी स्थापनाको दिन ७७ जिल्लाका पदाधिकारी घोषणा गर्ने कार्यक्रम रहेको छ । नेकपा स्रोतका अनुसार झापामा तत्कालिन एमालेका अध्यक्ष चिन्तन पाठकलाई नै नेकपाको अध्यक्ष चयन गरिएको छ ।

पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला समितिको पदाधिकारी टुंगो लगाएको छ । तर सूची हेर्न नपाएको भन्दै सचिवालयकै नेताहरुले असन्तुष्टि पोखेका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले यो निर्णय गरेको हो । तर बैठकमा तत्कालिन एमाले र माओवादीले कुन कुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी दिइएन ।¬

प्रकाशित मिति: ८ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्