ललिता निवासको जग्गा सरकारी नभए सुवर्ण शम्शेरका छोरा-नातिको हो – देउवा


 


झापा दमक बैशाख ९
कांग्रेस सभापति शेरबहादुर देउवाले ललिता निवासको जग्गामा व्यक्तिको नाम जोडिन नमिल्ने बताए । उनले ललिता निवासको जमिन सरकारले अधिग्रहण गरिसकेको जमिन भएको स्पष्ट पारे । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अधिग्रहण गरेको जमिन सरकारी बाहेक अन्यको हुनै नसक्ने दाबी गरे ।

उनले उक्त जमिन सरकारी नभए सुवर्ण शम्शेरको छोरा(नातिको हुनुपर्ने जिकीर गरे । ुप्रधानमन्त्री निवास बालुवाटारको ललिता निवास र सभामुख निवास रहेको जमिन सुवर्ण शम्शेरको हो । सरकारले उक्त जमिन अधिग्रहण गरेर प्राप्त गरिसकेको छ,ु देउवाले भने, ुसरकारले अधिग्रहण गरिसकेको जमिन कसरी व्यक्तिको हुन्छ रु यदी व्यक्तिको नाममा हुन्छ भने त्यो जमिन सुवर्ण शम्शेरका छोरा(नातिको नाममा हुनुपर्ने हो । अन्यको नाममा के आधारले हुन्छ ?

सोमबार झापाको चन्द्रगढी विमानस्थलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै देउवाले सरकार अधिनायकवाद लाद्नेतर्फ अग्रसर भएको आरोप लगाए । उनले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको संकेत भएको दाबी गरे । पत्रकारको प्रश्नमा सभापति देउवाले भोट नदिने अनि, कांग्रेस कमजोर प्रतिपक्षी भयो भनेर आलोचना गर्नुको तुक नरहेको भन्दै कटाक्ष गरे । ुभोटको बेलामा कांग्रेसलाई भोट नदिने । अनि, अहिले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर भयो भनेर आलोचना गर्ने रु,ु उनको प्रश्न थियो ।

देउवाले पार्टी विधानअनुसार बाँकी रहेका समितिहरु सबैको सहमतिमै गठन गर्ने बताए । उनले संघीय संरचनाअनुसार गठन गर्न बाँकी प्रदेशलगायत समितिहरु पार्टीभित्रका सबै पक्षको सहमतिमै गठन गरेर अघि बढ्ने विश्वास दिलाए । तर, पार्टी विधानअनुसार गठन गर्न बाँकी सबै समितिहरु आगामी महाधिवेशन अगावै गर्ने कि अहिलेकै अवस्थामा अघि बढ्ने भन्नेबारे अहिलेनै आफूले केही भन्न नसक्ने बताए ।

ुविधानअनुसार समितिहरु गठन गर्न जरुरी छ । ती समितिहरु गठन गर्दा सबैलाई समेटेरै गठन गर्ने हो । तर, समितिहरु महाधिवेशन अगावै गठन गर्ने कि महाधिवेशनसम्म यसरी नै अघि बढ्ने भन्ने कुरा संक्रमणकालीन अवस्थामा रहेकाले अहिले नै यो विषयमा म केही भन्दिन ।ु

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्