३२ बर्षिय गैरे, नेकपा स्याङ्जाका अध्यक्ष, सांसद बने सचिव


 


काठमाडौं बैशाख ९ नेकपा एमाले र माओबादी केन्द्र एकता पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाको पहिलो अध्यक्षको रुपमा सुर्य प्रसाद गैरे चयन हुनु भएको छ । पुर्व एमाले र माओबादी केन्द्रको भागबण्डामा स्याङ्जा माओबादी केन्द्रलाई परे सगै ३२ बर्षिय गैरे अध्यक्षमा चयन हुनु भएको हो ।

गल्याङ् नगरपालिकामा ९ मा २०४३ साल साउन ३ गते जन्मनु भएका गैरे १५ बर्षको उमेरमा माओबादी शसस्त्र द्धन्दमा होमिनु भएको थियो । १२ बर्षे उमेरमा अनेरास्वबियु (क्रान्तिकारी ) सदस्य बन्नु भएका गैरे २२ महिना सेनाको हिरासद र १४ महिना जेल बस्नु भएको थियो । पार्टीले जिल्ला भाग लगाएसगगै जिल्लाको संयोजक वा अध्यक्षले पार्टीको नेतृत्व गर्ने सहमती अनुसार एकता पश्चात पहलो पार्टी नेतृत्व गर्ने अवसर गैरेले पाउनु भएको हो ।

गैरे गते निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ को (ख) बाट काग्रेस उम्मेदवार भगवत प्रकाश मल्लसगँ पराजित हनु भएको थियो । त्यस्तै नेकपाको जिल्ला सचिबमा पुर्व एमालेका अध्यक्ष मिन बहादुर गुरुङ् चयन हुनु भएको छ । २०३६ सालमा अनेरास्वबियु (पाचौ )को पहिलो अध्यक्ष बन्नु भएका ५४ बर्षिय गुरुङ् पार्टी एकता पश्चात पहिलो सचिब बन्ने अवसरमा पाउनु भएको हो ।

पुतलिबजार ९ कोल्मा जन्मनु भएका गुरुङ् पुर्व नेकपा एमालेबाट गाउँ कमिटि स्दस्य, इलाका अध्यक्ष, जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुदै जिल्ला अध्यक्ष बन्नु भएको थियो । क्षेत्र नं १ को ख बाट गण्डकी प्रदेश सदस्य रहनु भएका गुरुङ् २०५४ सालमा जिल्ला बिकास समितिको सदस्य बन्दै उत्कृष्ठ सदस्यको रुपमा पुरस्कृत हुनु भएको थियो ।

गुरुङ् सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाको सभापति समेत बन्नु भएको थियो । अध्यक्ष चयन हुनु भएका गैरेले लामो समय देखिको लगानीको पार्टीले मुल्याङकन गरेको बताउनुभयो ।

प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्