उर्लावारीकाे कार्यपालिका बैठकमा मेयर र उपमेयरबीचकाे विवाद झन् चर्कियाे


 


उर्लाबारी  उर्लावारी नगरपालिकाकाे कार्यपालिकाकाे बैठक अाज पनि अवरूद्ध भएकाे छ । मेयर र उपमेयरबीचकाे विवाद झन् चर्किएकाे छ ।

३ बजेका लागि बाेलाईएकाे बैठक ४ बजे सुरू भएपनि नगरपालिकाका याेजनाहरूमा उपभाेक्ता समिति गठन गर्ने विषयलाई लिएर मेयर खड्ग फागाे र उपमेयर लक्ष्मी भण्डारीबीच विवाद भएपछि बैठक स्थगित भएकाे हाे ।

बैठक सुरू हुने बित्तिकै उपमेयर लक्ष्मी भण्डारीले उपभाेक्ता समिति गठन गर्न संयाेजक ताेक्ने विषय प्रस्तावमा राखिन् । मेयर फागाेले अापत्ति जनाएपछि बैठक स्थगित भयाे ।

कार्यपालिकाकाे बैठकमा एजेन्डा लैजाने प्रावधान मेयरलाई रहेकाे तर उक्त प्रावधान विपरीत उपमेयर भण्डारीले एजेन्डा ल्याएकाे भन्दै मेयर फागाेले अापत्ति जनाएपछि विवाद बढेकाे कार्यपालिकाका एक सदस्यले बताए ।

हिजाे पनि यही विषयलाई लिएर बैठक स्थगित भएकाे थियाे । अर्काे बैठक बिहीबार बिहान ६ बजेका लागि बाेलाईएकाे नगर प्रवक्ता भानु पराजुलीले बताए ।

उपमेयर लक्ष्मी भण्डारीले नगर,प्रदेश र संघ स्तरीय याेजनामा उपभाेक्ता समिति निर्माणका लागि कार्यपालिकाकाे निर्णय अनुसार संयाेजक ताेक्नुपर्ने प्रावधान भएपनि मेयर फागाेले मनाेपाेली ढंगले संयाेजक ताेकेपछि अाफू सहित १३ जना कार्यपालिका सदस्यहरूले बैठकमा संयाेजक ताेक्ने विषयमा ३ दिनअघि निवेदन दिएपनि उक्त एजेन्डा बैठकमा प्रस्तुत नभएकाे बताईन् ।

उपमेयर भण्डारीले भनिन्,”कार्यपालिकाकाे बैठकले संयाेजक ताेक्ने प्रवधान छ । जथाभावी रूपमा कार्यपालिका सदस्यहरूलाई संयाेजक ताेकिएकाे छ । नियम विपरित भयाे। बैठकबाटै संयाेजक ताकाैँ भनेकाे हाे । हामीले निवेदन दिएर ध्यानाकर्षण पनि गरायाैँ तर मेयरले बैठकमा याे एजेन्डा नै ल्याउनुभएन । उहाँले सधैँ हामीलाई कमजाेर ठानेर अगाडि बढ्न खाेज्नुभयाे । हामीले हस्ताक्षर सहित दिएकाे निवेदनकाे सुनुवाई गर्नुपर्छ कि पर्दैन ? मनाेपाेली ढंगले संस्था चल्छ ?”

उपमेयर भण्डारीले भनिन्,”मेयर भनेकाे व्यक्ति हाे संस्था हैन । हामी कानुन निर्माण र विकासका लागि भनेर चुनिएका हाैँ । कसैले पनि अरूकाे कमजाेरीकाे फाईदा लिने काेसिस नगरे हुन्छ । ”

उपमेयर भण्डारीले भनिन्,”जुँगाकाे लडाँई गर्न नखाेजाैँ । विकासमा सहमति र सहकार्य गराैँ ।”

मेयर फागाेले उपभाेक्ता समिति गठन गर्दा कार्यपालिकाका बैठकले कार्यपालिकाका एक सदस्यलाई ताेक्ने प्रवाधान रहेकाे र कार्यपालिकाकाे बैठकमा विवाद हुँदा मेयरलाई संयाेजक ताेक्ने अधिकार रहेकाे र अाफूले त्यही अनुसार संयाेजक ताेकेकाे बताए ।

मेयर फागाेले भने,’५० प्रतिशत बजेट पूजीँगत खर्च हुन बाँकी छ । १५ गतेसम्म सम्झाैता गरिसक्नुपर्छ । नियमावलीलाई टेकेर संयाेजक ताेकेकाे हुँ । ”

मेयर फागाेले अाफू मनाेपली ढंगले अगाडि बढेकाे भएकाे अख्तियारमा जान चुनाैती दिए । मेयर फागाेले भने,”नेपालकाे संविधानकाे धारा २१८ मा टेकेर बनाईएकाे नियमावली बनाईएकाे छ । नगरसभाका सबै सदस्यहरूले बनाएकाे नियमावलीलाई १३ जना कार्यपालिकाका सदस्यहरूले मान्दिनाैँ भनेका हुन् । नगरसभाले बनाएकाे नियमावली कार्यपालिकाका सदस्यहरूले मान्दिनाैँ भन्दा मैले उहाँहरूकाे प्रस्ताव नमानेकाे हुँ । ”

हिजाे पनि बैठक अवरूद्ध भएकाे थियाे । उर्लावारीकाे नगर कार्यपालिकामा नेकपाका १३ जना र नेपाली कांग्रेसका ५ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति: ११ बैशाख २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्