सुनकाे मूल्य कति पुग्याे ?


 


काठमाडाैं, फागुन २०

बिहीबार सुनको भाउ २ सय रुपैयाँले बढेको छ । केही दिन यतादेखि लगातार बढिरहेको सुन आज प्रतितोला ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार ५६ हजार ५ सय रुपैयाँमा पुगेको सुन हिजो बुधबार १ हजारले घट्दै ५५ हजार ५ सय रुपैयाँ कायम भएको थियो। तर आज फेरि २ सय रुपैयाँ बढेर सुनको भाउ ५५ हजार ७ सय रुपैयाँ पुगेको हो। चाँदीको भाउ भने आज स्थिर हुँदै ७ सय १५ रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति: २० फाल्गुन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्