“दात भात तरकारी”लाई मल्टिप्लेक्समा उच्च शो


 


काठमाडौँ । मह संचारको प्रस्तुतीमा तयार भएको चलचित्र ‘दाल भात तरकारी’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्र वर्षकै प्रतिक्षित चलचित्र हो । चलचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधबारबाटै चलचित्रको बुकिङ खुल्ला गरिएको छ ।

देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने ‘दाल भात तरकारी’ले काठमाडौंका मल्टिप्लेक्समा उच्च शो पाएको छ । काठमाडौंमा सबैभन्दा बढी चेन भएको ‘क्यूएफएक्स’ले प्रदर्शनको पहिलो दिन चलचित्रलाई २० शो दिएको छ । चलचित्रले ‘क्यूएफएक्स’ अन्तर्गत जय नेपाल हलमा ५ शो, कुमारीमा ५ शो, छायाँ सेन्टरमा ४ शो, लबिम मलमा ३ शो र सिभिल मलमा ३ शो पाएको छ । चलचित्रले शो मात्र उच्च पाएको छैन, बुकिङ पनि आक्रामक देखिएको छ ।

बुकिङ खुल्ला भएसँगै मल्टिप्लेक्समा चलचित्रको टिकट धमाधम बुकिङ भईरहेको छ । रिलिज अगावै नै मल्टिप्लेक्सका केही शो ‘सोल्डआउड’ भईसकेका छन् । कुमारी हलका २ शो सोल्डआउट भईसकेका छन् ।  अन्य हलमा पनि अग्रिम टिकट बुकिङ गर्ने दर्शक अत्याधिक देखिएका छन् ।

मल्टिस्टार कलाकार, गीतसंगीत र ट्रेलरको निर्माण गरेको हाइप र प्रचारप्रसारका कारण चलचित्र हेर्न दर्शकको बाक्लो उपस्थिती हुने अनुमान गरिएको छ । सुदन केसीको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, विल्सनविक्रम राई, वर्षा राउत, शिवहरी पौडेल, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्माता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा छ । चलचित्रलाई सामाजिक र कमेडी कथाबस्तुमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्