नेपालमा सुटिङ गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक


 


काठमाण्डौ । नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको छ । मुम्बइमा बम हमला गरेर नेपाल छिरेका एक आतंककारीलाई पछ्याएका ५ हिरोको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा अर्जुन कपुर, राजेश शर्मा, प्रशान्त, गौरभ मिश्र, आशिफ खान लगायतलाई देख्न सकिन्छ । साथमा, नेपाली कलाकार कमलमणी नेपाललाई पनि चलचित्रको ट्रेलरमा हेर्न सकिन्छ । राजकुमार गुप्ताको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मे २४ मा रिलिज हुँदैछ ।

 

प्रकाशित मिति: १९ बैशाख २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्