कति पुग्याे सुनकाे मूल्य ?


 


काठमाडाैं, फागुन २८

शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुन आज प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। दुई दिन केही घटेको सुनको भाउ आज फेरि बढेर ५६ हजार ५ सय पुगेको हो।

बुधबार र बिहीबार सुनको भाउ क्रमशः २ सय र ३ सय रुपैयाँले घट्दै ५६ हजार पुगेको थियो। चाँदीको मूल्य पनि आज बढेको छ। हिजो ७ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आझ ५ रुपैयाँले बढ्दै ७ सय ३० पुगेको हो।

प्रकाशित मिति: २८ फाल्गुन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्