सुनकाे मूल्य घट्याे


 


काठमाडाैं, चैत्र २

साताकाे तेस्रो दिन आज मंगलबार सुनको भाउ ८ सय रुपैयाँले घटेको छ। भाउ घटेसँगै सुन आज प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार र सोमबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने ८ सय रुपैयाँले घटेको हो। केही दिनदेखि सुनको भाउ घटबढ भइरहेको छ। चाँदीको मूल्य पनि आज ५ रुपैयाँले घटेको छ। हिजो ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय २५ कायम भएको छ।

प्रकाशित मिति: २ चैत्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्