इन्दिरा भट्टराई : सांगितिक बजारमा चम्किलो तारा


 


गायिका इन्दिरा भट्टराई । तेह्रथुममा हुर्किएर २०५६ सालदेखी राजधानीमा बस्दै आउनु भएको छ । तीन वर्षको उमेरदेखी नै गीत गाउन मन पराउने उहाँ अहिले नेपाली सांगितिक क्षेत्रमा लागि पर्नुभएको छ । त्यसो त उहाँलाई पारिवारिक वातावरणले पनि सांगितिक क्षेत्रमा लाग्न खासै गाह्रो भएन ।

इन्दिराको परिवार सांगितिक क्षेत्रमा रुची राख्ने भएकाले पनि उहाँलाई यस क्षेत्रमा अघि बढ्न निकै सहज भएको हो । उहाँलाई स्कुलमा अध्ययन गर्दा देखिनै गुरुआमाले सांगितिक क्षेत्रमा लाग्न प्रेरणा दिनुभएको थियो । उहाँ गुरु आमाको प्रेरणाले नै इन्दिरा अहिले नेपाली सांगितिक बजारमा चम्किलो तारा बन्नुभएको छ । उहाँ भन्नुहुन्छ – साथमा मेरो एक्लो संघर्ष र आत्मबलका कारण नै यो ठाउँमा आईपुगेको हुँ ।

उहाँले हाल आएर दर्जनौँ गीत गाईसक्नुभएको छ । २०५८ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर गायनको औपचारिक यात्रा सुरु गर्नुभएकी उहाँले प्राय : आधुनिक पप गीत गाउन रुचाउनु हुन्छ । उहाँले ५० भन्दा बढी गीतहरु रेकर्ड गराईसक्नुभएको छ । उहाँ भन्नुहुन्छ – संगीत मेरो जीवन जिउन सिकाउने माध्यम हो ।

आफुले गाएका गीत मध्ये उहाँलाई मनमा आँधी र भर्खरै बजारमा आएको तिमी हाँस्दा हाँसौला बोलेको गीत असाध्यै मन पर्ने गीत हो । उहाँले अब आधुनिक गजल बदनाम बनाउने तिमीले, तिज गीत र डेउडा गीत बजारमा ल्याउने तयारी गरिरहनुभएको छ । गीत गाएरै उहाँले हालसम्म थुप्रै सम्मान् र अवार्ड पाईसक्नुभएको छ । गत वर्ष मात्र उहाँले चार वटा सांगितिक अवार्ड पाउनुभएको थियो । नेपाली सांगितिक बजारमा अहिले भड्किलो र अश्लिल प्रदर्शन भईरहेको छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो – प्रतिस्पर्धा धेरै छ गलाकलाको मुल्यांकन भन्दा पनि तड्किलो र भड्किलो भए गितहरु चल्ने अवस्था छ । पैसा नहुनेले सांगितिक क्षेत्रमा आफ्नो पहिचान बनाउने धेरै गाह्रो छ ।

कहिले गीत रेकर्डिङ त कहिले स्टेच कार्यक्रम र देशविदेशमा हुने बिभिन्न सांगितिक मञ्चहरुमा सहभागिता जनाउँदा नै उहाँको दिनचर्या बित्ने गरेको छ । उहाँले युएई र भारतका बिभिन्न सांगितीक मञ्चहरुमा आफ्नो प्रस्तुती दिईसक्नुभएको छ भने केही महिनापछि विदेशका बिभिन्न ठाउँमा आफ्नो प्रस्तुती दिने तयारी गरिरहनुभएको छ । प्रस्तुती : सुमन घिमिरे

 

प्रकाशित मिति: २४ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्