सुनकाे भाउ घट्याे


 


काठमाडाैं, चैत्र १२

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ १ सय रुपैयाँले घटेको छ। बुधबार र बिहीबार दुई दिनमा एक हजार रुपैयाँ घट्दै ५४ हजार ५ सय पुगेको सुन आज पनि एक सय रुपैयाँ कम हुँदै ५४ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको भाउ पनि आज ५ रुपैयाँले घट्दै ७ सय २० रुपैयाँमा कारोबार भएको छ। यस अघि हिजो बिहीबार चाँदीको भाउ प्रतितोला ७ सय २५ थियो।

प्रकाशित मिति: १२ चैत्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्