सुनकाे मूल्य कति पुग्याे ?


 


काठमाडाैं, चैत्र १९

साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ स्थिर छ । हिजो ५४ हजार रुपैयाँ प्रतितोलामा कारोबार सुन आज पनि सोही भाउमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार ५४ हजार ५ सय रुपैयाँ कायम भएको सुन हिजो बिहीबार ५ सयले घट्दै ५४ हजारमा कारोबार भएको थियो। चाँदीको भाउ पनि आज स्थिर छ। हिजो ७ सय १० रुपैयाँमा कारोबार चाँदी आज पनि सोही भाउमा कारोबार भएको छ।

प्रकाशित मिति: १९ चैत्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्