केकी अधिकारी अर्कै केटासँग किन लागिन् ? (भिडियो सहित)


 


सुनसरी । गायक प्रमोद खरेलको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। पूर्वका बिभिन्न रमणीय ठाउँहरुमा म्युजिक भिडियोको छायांकन गरिएको थियो ।

चर्चित गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेका खरेलको आवाजमा सझिएको गीत कहाँ गयौं तिमी बोलको गितको भिडियो सार्वजनिक भएको छ । झापा, इटहरी, भेडेटारलगायत आसपासका ठाउमा ग्लोरी मिडियाले छायांकन गरेको थियो भिडियोमा निकै नै ब्यस्त नायिका केकी अधिकारीको मुख्य भूमिका रहेको छ भने भिडियोमा रोहित घिमिरेले फिचर गरेका छन्।

गीतमा माया बियोग र बिछोड देखयिएको छ । रोहितलाई छोडेर केकी अर्कै केटासँग लागेको देख्न सकिन्छ । गीत दुर्गाप्रसाद कडरियाले लेखेका हुन् भने गितलाई रमेश श्रेष्ठले कम्पोज गरेका छन् भने बिनय केटुले गितलाई एरेन्ज गरेका हुन् । गितको रेकर्डिङ आरोही इन्टरटेनमेन्टमा गरिएको हो भने गितको मिक्सिङ अशोक महर्जनले गरेका छन । इटहरीका कैलाश रेग्मीले निर्देशन गरेको भिडियोमा अनमोल खतिवडा, अश्मिता खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

 

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्