सुनकाे मूल्य कति पुग्याे ?


 


काठमाडाैं, चैत्र २४

बुधबार सुनको भाउ ३ सय रुपैयाँले बढेको छ। मूल्य बढेसँगै सुन आज ५४ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारको भाउमा स्थिर रहँदै सुन हिजो मंगलबार ५३ हजार ८ सय कायम भएको थियो भने आज बुधबार ३ सयले बढेर ५४ हजार १ सय पुगेको हो। त्यस्तै चाँदीको भाउ पनि आज ५ रुपैयाँले बढेर ७ सय १० रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: २४ चैत्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्