जहाजको उडान आधा घण्टा ढिलो हुँदा मन्त्रीले दिईन् राजीनामा


 


एजेन्सी । आफ्ना कारण अरु व्यवसायिक जहाजको उडानमा ढिलाइ भएपछि एकजना मन्त्रीले पदबाट राजीनामा दिएकी छन्। आफू सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो भएपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को ओर्टिज मेनाले पदबाट राजीनामा दिएकी हुन्।

शनिबारका दिन उनी सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो हुँदा चर्को आलोचना भएको थियो। सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा यस्तो हुन पुगेपछि मेनाले त्यहाका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरसमक्ष राजीनामा दिएकी हुन् ।

जजाजको उडान ढिलो भएकै कारण एक हप्तामै यो दोस्रो मन्त्रीको राजीनामा हो। सरकारकी कामको शिलशिलामा जाने क्रममा मेरो कारण अन्य व्यवसायिक जहाजको उडान प्रभावित भएकाले पदबाट राजीनामा दिएकी छुु, माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले भनेकी छन्।

२०१८ डिसेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएपछि लोपेज ओब्राडोरले सरकारले विशेषाधिकार नलिने र कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता गरेका थिए। समाचार अनुसार मन्त्री सवार जहाजका कारण कम्तिमा पनि आधा घण्टासम्म अन्य जहाज डिले भएपछि यात्रु र मिडियाले उनको चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्